नीलकण्ठ । आउँदै गरेको दशैंको अवसर पारी कुपा युवा समाज, नीलकण्ठ नगरपालिका–१४, धुवाँकोट, कुपा, धादिङको आयोजनामा असोज ११ देखि २१ गतेसम्म पाँचौं कुपा कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
नीलकण्ठ–१४, कुपा स्थित आयोजक क्लब कै कुपा खेलमैदानमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि असोज ८ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ९००० तोकिएको पनि आयोजकले जानकारी दियो ।
कुपा प्रवासी समाज, भारत सह–आयोजक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि जनही १५–१५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै विधागततर्फ पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष हर्क बहादुर गुरुङले जानकारी दिए ।
विस्तृत पत्रमा पनि हेर्नुहोसः
