News बागमती र झापा सी डिभिजन छनौटको नकआउट चरणमा
गोलनेपाल

काठमाडौं । मोफसलमा आफ्नो फरक पहिचान बनाई राष्ट्रिय फुटबलमा समेत होमिएको बागमती युवा क्लब, सर्लाही र झापा एफसी, झापा जारी शहिद स्मारक सी डिभिजन लिग छनौटको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह एलमा रहेको बागमतीले लगातार दुई जित निकाल्दै समूह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । बागमतीले आफ्नो दोस्रो खेलमा अनुशासित ब्वाईज क्लबलाई ३–० ले हरायो । स्मरण रहोस, बागमतीले आफ्नो पहिलो खेलमा स्मार्ट एफसीलाई ५–० ले हराएको थियो ।

त्यस्तै नेपालकै पहिलो प्रालि क्लबको परिचय बनाएको झापा एफसीले समूह आई तर्फ आफ्नो दोस्रो खेलमा गोरक्षा स्र्पोटिङ क्लबलाई ५–० ले हरायो । झापाको पनि लगातार दोस्रो जित थियो । झापाले यसअघि आफ्नो पहिलो खेलमा बच्चलादेवी युवा क्लबलाई हराएको थियो ।

Post Comments