News साबित्राको निर्णायक गोलसँगै एपिएफ फाइनलमा
गोलनेपाल

वालिङ । यहाँ जारी राष्ट्रिय खेलकुदको महिला फुटबलतर्फ पनि सशस्त्र प्रहरीको एपिएफ क्लब फाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै एपिएफ फाइनलमा पुगेको हो ।

एपिएफको जितमा स्टार फरवार्ड साबित्रा भण्डारी निर्णायक रहिन् । वालिङ रंगशालामा भएको खेलमा साबित्रा कै निर्णायक गोलमा एपिएफ विजयी बन्यो । एपिएफले अब फाइनलमा बिहीबार अर्को विभागीय टोली पुलिस क्लबसँग स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछ ।

पुलिसले मंगलबार नै भएको पहिलो सेमिफाइनलमा प्रदेश नम्बर १ लाई ३–० ले हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको थियो । त्यस्तै बिहीबार नै एपिएफसँग पराजित आर्मी र प्रदेश नम्बर १ तेस्रो स्थानका लागि खेल्नेछन् ।

योसँगै राष्ट्रिय खेलकुदको फुटबल विधातर्फ एपिएफको महिला र पुरुष दुवै टोली फाइनलमा प्रवेश गरेका छन् । पोखरामा जारी पुरुष फुटबलतर्फ एपिएफले मंगलबार नै सुदुरपश्चिमलाई ५–१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

Post Comments