
पोखरा । प्रतिष्ठित राष्ट्रिय खेलकुदको पुरुष फुटबलतर्फ पनि सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले स्वर्ण पदक जित्न सफल भएको छ । फाइनल भिडन्तमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई सडन डेथमा हराउँदै स्वर्ण जित्न सफल भएको हो ।
पोखरा रंगशालामा भएको प्रतिस्पर्धात्मक निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिनु परेको थियो । टाईब्रेकरमा पनि नतिजा ननिस्किएपछि सडन डेथमा एपिएफले आर्मीमाथि ६–५ को जित निकाल्दै नवौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलतपर्फ स्वर्ण जित्न सफल भयो ।
स्मरण रहोस, नवौं राष्ट्रिय खेलकुदको फुटबल विधातर्फ महिला र पुरुष दुवैतर्फ एपिएफले स्वर्ण जित्न सफल भएको छ । बिहीबार नै वालिङमा सम्पन्न महिला फुटबलतर्फ पनि एपिएफले नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै स्वर्ण पदकमाथि कब्जा जमाउन सफल भएको थियो ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड