News पुजनको गोलले सताक्षीधाम फाइनलमा
गोलनेपाल

बराहक्षेत्र । चर्चित मिडफिल्डर पुजन उपरकोटी निर्णायक बनेपछि सताक्षीधाम फुटबल क्लब, झापा यहाँ जारी नवौं सप्तकोशी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक सप्तकोशी युवा क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै सताक्षीधाम उपाधि नजिक पुगेको हो । खेलको ३४औं मिनटमा पुजनले पेनाल्टीमार्फत गरेको एक मात्र गोल झापाली टोलीलाई फाइनलमा पुर्याउन निर्णायक बन्यो ।

निर्णायक गोलकर्ता पुजन उपरकोटी नै म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे । सताक्षीधामले अब उपाधिका लागि कार्तिक ५ गते शनिबार पथरी स्र्पोटिङ क्लब, मोरङसँग फाइनल खेल्नेछ । प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख पाउनेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Post Comments