News कास्की, म्याग्दी र स्याङ्जाको जित
गोलनेपाल

पोखरा । पोखराको भण्डारढिकमा जारी गण्डकी प्रदेश स्तरीय मुख्य मन्त्री कप लिग फुटबलमा सुलेमान चम्किदा कास्कीको आदर्श क्लबले सहज जित हात पारेको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा जारी प्रतियोगितामा कास्कीको प्रतिनिधित्व गरेको आदर्श युवा क्लबले मनाङको प्रतिनिधित्व गरेको डाफे क्लबलाइ ७–१ को फराकिलो गोल अन्तरले हराउदै लिगमा दोस्रो जित निकालेको छ ।

कास्कीको जितमा सुलेमान थापामगरले चार गोल गरे । खेल शुरुभएको ८औ मिनेटमा गोल गर्दै टिमलाइ अग्रता दिलाए । उनले खेलको ४८औ मिनेटमा दोस्रो गोल गरे । त्यस्तै ६३ औ मिनेटमा व्यक्तीगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेका थापामगरले ७४औ मिनेटमा चौथो गोल गरे ।

त्यस्तै कास्कीको लागी अन्य गोल अजय श्रेष्ठले खेलको १७ र ४१ औ मिनेटमा गरे भने सुमित श्रेष्ठले खेलको ६८औ मिनेटमा गरेका थिए । उता पराजित मनाङको लागी कर्ण गुरुङले ५५औ मिनेटमा गोल गरे भने सिदार्थ गुरुङले खेलको ६०औ मिनेटमा दोस्रो सान्त्वना गोल गरेका थिए ।

प्रतियोगिताको अर्को खेलमा म्याग्दीले नवलपुरको गैंडाकोट फुटबल संघलाइ ३–१ गोलले हराएको छ । म्याग्दीको जितमा सन्तोष पुनले खेलको ४४औ मिनेटमा गोल गरे । सागर गर्वुजाले खेलको ६७औ मिनेटमा गोल गरे भने विनम थापाले खेलको ७२औ मिनेटमा गोल गरे । नवलपुरको लागी महेश तामाङले सान्त्वना गोल फर्काएका थिए ।

अर्को खेलमा स्याङ्जाको होराइजन फुटबल क्लबले बाग्लुङ्ग फुटबल संघलाई ४–१ को फराकिलो गोल अन्तरले पाखा लगायो ।

Post Comments