News आयोजक दमकडा र न्यु युथ युनियन फाइनलमा भिड्ने
सुरज राना मगर

पाल्पा । दमकडा फुटबल क्लब, तानसेन–९, पाल्पाको आयोजनामा जारी आठौं भ्याली कप फुटबल प्रतियोगिताको फाइनलमा आयोजक दमकडा एफसी र न्युन युथ युनियन क्लब भिड्ने भएका छन् ।

तानसेन–९ स्थित दमकडा खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा न्यु युथ युनियनले सराई फुटबल क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै फाइनलमा स्थान बनाउन सफल भएको थियो ।

त्यस्तै दोस्रो सेमिफाइनलमा आयोजक दमकडा एफसीले बंशगोपाल फुटबल क्लबलाई शून्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले हराउँदै उपाधि नजिक पुग्न सफल भयो ।

फाइनल खेल यहि कार्तिक ५ गते शनिबारका दिन हुने प्रतियोगिता संयोजक अंकित बञ्जाडेले जानकारी दिए । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २२,२२२ रुपैयाँ प्राप्त गर्ने संयोजक बञ्जाडेले बताए ।

Post Comments