News गोलबजार सेमिफाइनलमा प्रवेश
जनम बराल

नेपालटार । गोलबजार प्रतिभा क्लब, गोलबजार यहाँ जारी तेस्रो उदयपुरगढी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न चौथो तथा अन्तिम क्वाटरफाइनलमा बिवाइसी बर्दिवासलाई २–० ले हराउँदै गोलबजार अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा गोलबजार निश्चल लामा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र मेडल हात पारे ।

प्रतियोगिता अन्तरगत कार्तिक ५ गते शनिबारको पहिलो सेमिफाइनल खेल कटारी फुटबल क्लब, कटारी र मलिथम फुटबल क्लब, उदयपुरबीच हुने आयोजकले जानकारी दियो ।

आदर्श युवा क्लब, नेपालटार, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २० हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि कार्तिक ७ गतेका दिन हुनेछ ।

Post Comments