News मलिथम एफसी उदयपुरगढी गोल्डकपको फाइनलमा
जनम बराल

नेपालटार । मलिथम फुटबल क्लब यहाँ जारी तेस्रो उदयपुरगढी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भकुण्डे चौरमा भएको पहिलो सेमिफाइनलमा मलिथमले कटारी एफसीलाई १–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।

खेलमा मलिथमका सदम सन्सुर म्यान अफ द म्याच घोषित भए । उनलाई मल्पी इन्टरनेशनल कलेज, काठमाडौंले प्रायोजन गरेको नगद २ हजारसहित ट्रफी प्रदान गरियो । प्रतियोगिता अन्तरगत कार्तिक ६ गते आइतबारको दोस्रो सेमिफाइनल खेल गाईघाट एफसी र गोलबजार प्रतिभा क्लबबीच हुने आयोजकले जनाएको छ ।

आदर्श युवा क्लब, नेपालटार, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २० हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि कार्तिक ७ गतेका दिन हुनेछ ।

 

Post Comments