News मकवानपुर कुखुरा ब्यवसायी संघलाई फुटसल उपाधि ।
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । मकवानपुर अधिकृत बिक्रेता संघको आयोजनामा शुभ दिपावली एवम छठ पर्वको शुभ अवसरमा संचालन भएको अन्तर बस्तुगत संघ संस्था बिचको फुटसल प्रतियोगिताको उपाधि मकवानपुर कुखुरा ब्यवसायी संघले जितेको छ । 

शनिबार भएको फाईनल खेलमा निर्धारित समय सम्म ४–४ गोलको बराबरी भए पछि खेलको निर्णय पेनाल्टी सुटआउट बाट लिन परेको थियो । पेनाल्टी सुटआउटमा आयोजक मकवानपुर अधिकृत बिक्रेता संघलाई २–० ले पराजित गरी उपाधि सहित नगद तिस हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै उपबिजेता हुन सफल मकवानपुर अधिकृत बिक्रेता संघले भने नगद पन्ध्र हजार शिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । शुक्रबारबाट सुरु भएको प्रतियोगितामा बिभिन्न १२ वटा संघ सस्थाको सहभागिता रहेको थियो ।

खेलमा फाईनल खेलको म्यान अफ द म्याच कुखुरा ब्यवसायी संघका भेट्रान खेलाडी भरत तितुङ हुन सफल भए यस्तै उत्कृष्ट खेल प्रदर्शन गरेका आयोजक टिमका प्रबेश आचार्य सर्बोत्कृष्ट खेलाडी हुन सफल भए ।

उत्कृष्ट गोलरक्षक र टप स्कोररको पुरस्कार भने कुखुरा ब्यवसायी संघका गोलरक्षक अमर गुरुङ र राजु लामाले जित्न सफल भए । प्रतियोगिताको बिजेता तथा उपबिजेता टिमका खेलाडीहरुलाई प्रमुख अतिथि राजु अधिकारी एवम अतिथिहरुले बितरण गर्नु भएको थियो ।

प्रतियोगितामा मकवानपुर अधिकृत बिक्रेता संघले खेलकुद पत्रकारिता मार्फत मकवानपुरको खेलकुद बिकासमा उल्लेखनिय भुमिका खेलेको भन्दै गोलनेपाल डटकमका खेलकुद पत्रकार बिक्रम कुमार बानिया लाई सम्मान समेत गरेको थियो ।

 

 

Post Comments