News प्रथम अठासी गोल्डकप कार्तिक १८ देखि
गोलनेपाल

माङ्सेबुङ । लालीगुराँस युवा क्लब, माङ्सेबुङ, इलामको आयोजनामा यहि कार्तिक १८ देखि २५ गतेसम्म प्रथम अठासी गोल्डकप नाईन ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

माङ्सेबुङ–५ स्थित तिङ्वोदेन खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भईसकेको आयोजक क्लबका अध्यक्ष गजिन्द्र योङहाङले जानकारी दिए । प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको अध्यक्ष योङहाङले बताए । उनका अनुसार टिमदर्टा शुलक ३,५५१ रुपैयाँ तोकिएको छ भने टिमदर्ता गर्ने अन्तिम मिति कार्तिक १६ गतेसम्म रहेको उनले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,००,१०१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,१०१ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुले जनही ३–३ हजारसहित ट्रफी प्राप्त गर्नेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याचलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न माङ्सेबुङ गाउँपालिका, वर्डा कार्यालय, स्थानीय संघसंस्था तथा शुभेच्छुकहरुले पनि सकेको सहयोग गर्ने प्रतिवद्धता जनाएको आयोजक क्लबका अध्यक्ष गजिन्द्र योङहाङले बताए ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ । साथै प्रतियोगिताको प्रत्यक्ष प्रसारण र समाचार सम्प्रेषण समेत गोलनेपालले गर्नेछ ।

Post Comments