News साफ यु–१५ महिला च्याम्पियनसिपका लागि नेपालको तयारी शुरु
गोलनेपाल

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा शुरु हुन गईरहेको महिला साफ यु–१५ च्याम्पियनसिपका लागि नेपाली टोलीले पनि अभ्यास शुरु गरेको छ । भगवती राना मगरको मुख्य प्रशिक्षकीय जिम्मेवारीमा रहेको नेपाली टोलीले नोभेम्बर ३ तारीखका दिन भुटानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

नेपालले आफ्नो दोस्रो खेल ५ नोभेम्बरका दिन बंगलादेशसँग खेल्नेछ । त्यस्तै ९ नोभेम्बरका दिन भुटानसँग तथा ११ नोभेम्बरका दिन बंगलादेशसँगै लिग चरणको अन्तिम खेल खेल्नेछ ।

प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल र भुटान गरी दक्षिण एसियाका जम्मा तीन टोलीहरु सहभागि छन् । डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष टोली च्याम्पियन बन्नेछ ।

नेपाल यु–१५ महिला फुटबल टोलीः

गोलकिपर्सः राधीका ओली, सुजाता तामाङ, रुपा धिमाल

डिफेन्डर्सः सीता रोकाया, अमिता भुल, दिपा मगर, अन्जना पुन मगर, प्रेणा डोल्मा लामा, रेनु लिम्बु, बिपना स्नेही

मिडफि ल्डर्सः सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सबिता मण्डल, भूमिका बुढाथोकी, सुशिला केसी, शुक्रिया मिया, रेबिका नेपाली, मनिषा सेन

फरवार्डसः दिपा रोकाया, समिक्षा मगर, बर्षा ओली, सेनु परियार

Post Comments