News आयोजक बंगलादेशको शानदार शुरुवात
गोलनेपाल

काठमाडौं । बुधबारदेखि शुरु साफ यु–१५ महिला च्याम्पियनसिपमा आयोजक बंगलादेशले फराकिलो जितका साथ शानदार शुरुवात गरेको छ । ढाका स्थित बिर श्रेष्ठ शहिद सिपाही मोस्तफा कमल स्टेडियममा भएको उद्घाटन खेलमा बंगलादेशले भुटानमाथि ८–० को फराकिलो जित निकाल्दै विजयी शुरुवात गरेको हो ।

बंगलादेशको जितमा सौरभी प्रितीले ह्याट्रिक गरिन् । त्यस्तै उमेहला मर्माले दुई गोल गरिन् भने थुइनुए मर्मा, जोयनोर रिता र कनोन रानीले समान एक–एक गोलको योगदान दिईन् । बंगलादेशले आफ्नो आगामी खेल शनिबार नेपालसँग खेल्नेछ । त्यस्तै नेपालले आफ्नो पहिलो खेल भुटानसँग खेल्ने कार्यक्रम छ ।

प्रतियोगितामा दक्षिण एसियाका तीन टोलीहरु मात्र सहभागी छन् । डबल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शिर्ष टोली विजेता बन्नेछ । लिग चरणको अन्तिम खेल ११ नोभेम्बरका दिन नेपाल र बंगलादेशबीच हुने कार्यक्रम छ ।

Post Comments