News राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ३० खेलाडी सामेल (नामावलीसहित)
गोलनेपाल

काठमाडौं । पाकिस्तान विरुद्ध यहि कार्तिक ३० गतेका दिन हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका लागि मुख्य प्रशिक्षक प्रवेश कटुवालले ३० खेलाडीहरुलाई बन्द प्रशिक्षणमा सामेल गरेका छन् । जसमा युवा तथा अनुभवी खेलाडीहरुको सम्मिश्रण रहेको छ ।

यद्यपि बन्द प्रशिक्षणमा बोलाइएका ३० खेलाडीहरुमा भरपर्दा मिडफिल्डर विशाल राई भने सामेल छैनन् । प्रशिक्षक कटुवालले बिशाल राईलाई टिममा सामेल नगर्नुको कारण पनि खुलाएका छन् । ‘उनी (बिशाल) चोटिल छन् । त्यसैले उनलाई टिममा समावेश नगरिएको हो ।’ कटुवालले त्यसबारे प्रतिक्रिया दिंदै भने ।

स्मरण रहोस, एन्फाले मुख्य प्रशिक्षकका रुपमा कटुवाललाई बुधबार मात्रै नियुक्त गरेको थियो । राष्ट्रिय टोलीको बन्द प्रशिक्षण बुधबारदेखि शुरु हुने एन्फाले जनाएको छ । साथै बन्द प्रशिक्षण सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने पनि एन्फाले स्पष्ट पारेको छ ।

बन्द प्रशिक्षणमा परेका खेलाडीहरुको नामावलीः

किरन चेम्जोङ, बिकेश कुथु, दिप कार्की, बिशाल श्रेष्ठ, बिकास खवास, बिकास तामाङ, सेसेहाङ आङदेम्बे, नवयुग श्रेष्ठ, तेज तामाङ, आवास लामिछाने, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, देवेन्द्र तामाङ, रन्जित धिमाल, पुजन उपरकोटी, सुदिप गुरुङ, सुरज जिउ ठकुरी, सुजल श्रेष्ठ, एरिक बिष्ट, बिमल घर्ती मगर, अन्जन बिष्ट, मनिष डाँगी, सुनिल बल, आयुष चौधरी, रितिक खड्का, आयुष घलान, सन्जोग राई, निशान खड्का

Post Comments