काठमाडौं । पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि भरपर्दा फिनिसर बनेका अन्जन बिष्ट बुधबार सम्पन्न पाकिस्तान विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच पनि निर्णायक बनेका छन् ।
दशरथ रंगशालामा घरेलु दर्शकको भरपुर साथ पाएको नेपालले पाकिस्तानलाई १–० ले हराउँदा गोलका लागि अन्तिम समयसम्म संघर्ष गर्नुपर्यो । खेलको ८३औं मिनटमा अन्जन बिष्टले गरेको एक मात्र निर्णायक बन्दा नेपालले संघर्षपुर्ण जित निकालेको हो ।
दशरथ रंगशालामा ५०औं अन्तर्राष्ट्रिय म्याच खेलेको नेपालले त्यसलाई स्वर्णियम बनाउन सफल भयो । शारीरिक रुपमा नेपाल भन्दा बलिया र केही अब्बल देखिएका पाकिस्तानी खेलाडी विरुद्ध नेपालले शुरुवातबाटै बललाई आफ्नो नियन्त्रणमा राखे तापनि गोलको प्रयासलाई भने अन्तिम रुप दिन सकेन ।
उता लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानले सुधारात्मक प्रदर्शन नै गर्यो । मध्यपंक्तिमा केही सुस्त देखिएको पाहुना टोलीले पनि नेपाल विरुद्ध आक्रमणको जालो बुनेको थियो । तर सफल भने हुन सकेन ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै