News बागमतीलाई सी डिभिजन लिग छनौटको उपाधि
गोलनेपाल

काठमाडौं । मोफसलको फुटबलमा राम्रो पहिचान बनाएर सक्रिय बागमती युवा क्लब, सर्लाहीले बिहीबार सम्पन्न शहिद स्मारक सी डिभिजन लिग छनौटको उपाधि जितेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल भिडन्तमा बागमतीले गोलबजार स्र्पोटस क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजेता बनेको हो । स्मरण रहोस, फाइनल पुगेका बागमती र गोलबजार यसअघि नै सी डिभिजनमा बढुवा भईसकेका छन् ।

विजयी खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायत अन्य अतिथी तथा पदाधिकारीहरुले पुरस्कृत गरेका थिए ।

Post Comments