News रोशन निर्णायक बन्दा तिजोग फाइनलमा
गोलनेपाल

माङसेबुङ । साँघुरो जितका साथ तिजोग युवा क्लब, पाँचथर यहाँ जारी १५औं आत्मानन्द कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

माङसेबुङ स्थित आत्मानन्द खेलमैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा तिजोगले हाटखोला एफसी, सुनसरीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

तिजोगको जितमा खेलको १७औं मिनटमा रोशन आङ्देम्बेले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो । रोशन नै खेलको म्यान अफ द म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तरगत मंसिर १४ गते बुधबारको दोस्रो सेमिफाइनल खेल जलथल एफसी, झापा र छथर गाउँपालिका, तेह्रथुम बीच हुने आयोजकले जानकारी दियो ।

आत्मा पवित्र हक्चात यक्थुम, माङसेबुङ, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित ३,११,१६९ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०५,१६९ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यहि मंसिर १७ गतेका दिन हुनेछ ।

Post Comments