News नेदरयाण्डस समूह विजेता, सेनेगल पनि नकआउट चरणमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकपको समूह ए तर्फबाट नेदरल्याण्डस र सेनेगलले नकआउट चरणमा स्थान बनाएका छन् । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेदरल्याण्डस र सेनेगल दुवैले आ–आफ्नो खेलमा जित निकाले । नेदरल्याण्डसले आयोजक कतारलाई २–० ले हराउँदा सेनेगलले इक्वेडरमाथि २–१ को जित निकाल्यो ।

यो नतिजापछि ३ खेलबाट ७ अंक जोडेको नेदरल्याण्डस समूह ए को शिर्ष स्थानमा रहेर समूह विजेता बन्यो । त्यस्तै ६ अंक जोडेको सेनेगल दोस्रो स्थानमा रह्यो र नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।

निर्णायक मानिएको खेलमा सेनेगलसँगको हारले ४ अंक मात्र बटुल्न सकेको इक्वेडर तेस्रो स्थानमा रह्यो भने अंकविहीन आयोजक कतार पुछारमा रहेर समूह चरणबाट बाहिरियो ।

Post Comments