News शानदार जितका साथ नेदरयाण्डस क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । तीनपल्टको उपविजेता नेदरल्याण्डस जारी फिफा विश्वकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । शनिबार खलिफा इन्टरनेशनल स्टेडियममा सम्पन्न पहिलो प्रिक्वाटरफाइनलमा डच टोलीले अमेरिकालाई ३–१ ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

खेलको दशौं मिनट मै मेम्फिस डिपेको गोलबाट नेदरल्याण्डसले खेलमा अग्रता बनाएको थियो । पहिलो हाफ कै अतिरित्तः समयमा डेले ब्लाइन्डले डच टोलीको त्यो अग्रता दोब्बर पारे । उता खेलको ७६औं मिनटमा हाजी राईटले अमेरिकाका लागि गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तर सफल भएनन् ।

८१औं मिनटमा डेन्जिल डुमफ्राईजले नेदरल्याण्डसका लागि तेस्रो गोल गर्दै टोलीको शानदार जित पक्का गरे । स्मरण रहोस, रसियामा सम्पन्न गत संस्करणको विश्वकपमा छनौट हुन नसकेको नेदरल्याण्डस यस विश्वकपमा अपराजित पनि छ र समूह ए को समूह विजेताका रुपमा नकआउट चरणमा समेत प्रवेश गरेको थियो ।

 

Post Comments