News गोकुलमका लागि 'डेब्यु' खेलमै साम्बाको निर्णायक गोल
गोलनेपाल

काठमाडौं । यस सिजन चर्चित हिरो इण्डियन वुमन लिगतर्फ गोकुलम एफसीका लागि खेलिरहेकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीले नयाँ क्लबको डेब्यु खेलमै निर्णायक बनेकी छिन् ।

खेलमा गोकुलमले श्रीभुमि एफसी विरुद्ध १–० को साँघुरो जित निकाल्यो । गोकुलमका लागि आफ्नो डेब्यु खेल यादगार बनाउने क्रममा साबित्राले श्रीभूमि एफसी विरुद्ध निर्णायक गोल गरिन् ।

बैगलोर फुटबल स्टेडियममा आइतबार भएको खेलमा गोकुलमका लागि ६७औं मिनटमा साबित्राले सुन्दर भली गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाईन् ।

स्मरण रहोस, साबित्राले गत सिजन सेथु एफसीका लागि खेल्दै टोलीलाई लिग च्याम्पियन समेत बनाएकी थिईन् । त्यसैगरी आइतबार नै भएको अर्को खेलमा बैंगलोर युनाइटेड एफसीले बिदेश–११ लाई २–१ ले हरायो ।

Post Comments