News पूर्व फिफा रेफ्री श्रेष्ठद्वारा खेलकुद सामाग्री हस्तान्तरण
गोलनेपाल

नुवाकोट । पूर्व फिफा रेफ्री राजेश श्रेष्ठले नागिनी थान युवा क्लब, म्यागङ–५, पोखरी, नुवाकोटलाई १० थान फुटबल तथा अन्य खेलकुद सामाग्री हस्तान्तरण गरेका छन् ।

स्मरण रहोस, नागिनी थान युवा क्लबको आयोजनामा माघ १३ गतेदेखि जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता हुँदैछ । कुल १६ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल भने यहि माघ १८ गतेका दिन हुनेछ ।

साथै प्रतियोगिताको विजेताले ८० हजार तथा उपविजेताले ४० हजार प्राप्त गर्नेछ । प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्न आफ्नोतर्फबाट गर्न सकिने सहयोगका रुपमा उक्त खेलकुद सामाग्री सहयोग गरेको पूर्व फिफा रेफ्री श्रेष्ठले बताए ।

सोही अवसरमा माघ १२ गते आइतबार मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिताको समेत आयोजना गरिएको थियो । उक्त मैत्रीपूर्ण फुटबल म्याचमा तर्केश्वर युथ क्लबको महिला फुटबल टोलीले नागिनी थान युथ क्लबलाई ३–२ ले हराएको थियो ।

 

Post Comments