सिरिजङ्गा । आइतबारदेखि यहाँ शुरु दोस्रो सिरिजङ्गा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा खेवाङ स्र्पोटिङकले विजयी शुरुवात गरेको छ । तेल्लको माविको खेलमैदानमा भएको उद्घाटन खेलमा खेवाङले आयोजक तेल्लको स्र्पोटिङ क्लबलाई ३–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।
खेवाङको जितमा म्यान अफ द म्याच समेत घोषित आयुष श्रेष्ठले ह्याट्रिक गरे । उता पराजित आयोजकका लागि अन्जल गुरुङले एक मात्र गोल फर्काए । यो जितसँगै खेवाङ क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तरगत मंसिर २६ गते सोमबार तीन खेलहरु हुने आयोजकले जानकारी दियो । तेल्लो स्र्पोटिङ क्लब, तथा तेअङ्सी सिरिजङ्गा स्मृति संस्था, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ८१ हजार पाउनेछ । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि मंसिर २९ गतेका दिन हुनेछ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई