News फर्साटिकर भैरव कपको सेमिफाइनलमा
सुरज राना मगर

बर्दघाट । फर्साटिकर युवा क्लब, रुपन्देही यहाँ जारी प्रथम भैरव कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत दोस्रो क्वाटरफाइनलमा फर्साटिकरले सन्तोष एफसी, काठमाडौंलाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलमा फर्साटिकरका समिर श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत मंसिर २६ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल बिपी स्मृति क्लब र फोर ब्रदर्श एफसीबीच हुने आयोजक भैरव स्पोर्टस क्लबका अध्यक्ष अन्जन अधिकारीले जानकारी दिए ।

आउँदो पुष २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ६५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने अध्यक्ष अधिकारीले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

Post Comments