बिर्तामोड । सुनसरीको धरान सिटी एफसी झापाको डोमालाल राजवंशी रंगशालामा जारी एनी बिर्तामोड युनाइटेड इण्डो नेपाल च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक बिर्तामोड युनाइटेड एफसीलाई टाइब्रेकरमा पराजित गर्दै धरान फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा दुवै टोलीले २-२ गोलको बराबरी खेलेका थिए । तर, टाइब्रेकरमा धरानले बिर्तामोडमाथि बाजी मारेको हो । टाइब्रेकरमा ४ २ गोलअन्तरले धरान विजयीहुँदै फाइनलमा प्रवेश गर्यो । फाइनलमा धरानले इलामको रेडहर्ष एफसीसँग उपाधि रक्षाका लागि खेल्नेछ ।
रोमाञ्चक खेलमा गोलको खाता धरान सिटी एफसीले खोलेको थियो । खेलको ३०औँ मिनेटमा धरानका निशाल लिम्बूले आकर्षक गोल गरेका थिए । बिर्तामोडका कप्तान आशिष चापागाईंले खेलको ४४औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
त्यस्तै, खेलको ५८औँ मिनेटमा बिर्तामोडका देवेन्द्र तामाङले गोल गर्दै २-१ को नतिजा निकालेर अग्रता दोब्बर बनाएका थिए । तर, धरानका विवेक राईले खेलेको ६१औँ मिनेटमा सम्झनलायक गोल गरेर खेलमा फर्काए ।
बिर्तामोडका कप्तान आशिष चापागाईंले प्रहार गरेको बल धरानको गोलपोस्टमा लागेर फर्किंदा फाइनल यात्रामा पूर्णविराम लागेको थियो । यस्तै, थुप्रै अवसर दुवै टोलीले खेर फ्याँकेका थिए । टाइब्रेकरमा आशिषको प्रहार धरानका गोलरक्षक आशिष कार्कीले रोकेका थिए भने अभिषेक गुरुङको प्रहार आकाशिएको थियो ।
अब बुधबार इलाम र धरानले फाइनल खेल खेल्नेछन् । आजको खेलको म्यान अफ दी म्याच धरानका गोलरक्षक आशिष कार्की भए । उनलाई खेलप्रेमी दिनेश चापागाई र झापा गोल्डकप समितिका अध्यक्ष विनोद बस्नेतले नगद २ हजार ५ सय र ट्रफी प्रदान गरे ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक