News कर्णसिंह, डिएफसी र देउरालीको जित
गोलनेपाल

सिरिजङ्गा । यहाँ जारी सिरिजङ्गा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा कर्ण सिंह सोनाम एफसी, ताप्लेजुङ, डिएफसी, झापा र देउराली स्र्पोटिङ क्लब, इलामले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

तेल्लोक माविको खेलमैदानमा भएको दिनको पहिलो खेलमा कर्णसिंहले इलाभेन वारियर्स क्लब, झापालाई शून्यका विरुद्ध ४ गोलले हरायो । कर्णसिंहको जितमा अनुम सेन्दाङ, प्रविन जबेगु, दिनेश शेर्मा र निर्देश राईले गोल गरे । निर्देश खेलको म्यान अफ द म्याच समेत चुनिए ।

त्यस्तै दोस्रो खेलमा डिएफसीले वाकओभर पाउँदै जित दर्ता गर्यो । विपक्षी टोली चियाबारी युथ क्लब, इलाम निर्धारित समयसम्म मैदानमा उपस्थित नभएपछि डिएफसीलाई विजयी घोषणा गरिएको आयोजकले जानकारी दियो ।

त्यसैगरी तेस्रो खेलमा देउराली स्र्पोटिङले थ्री स्टार, फिदिमलाई शून्यका विरुद्ध २ गोलले हरायो । देउरालीको जितमा म्यान अफ द म्याच समेत घोषित सुमन धमलाले दुवै गोल गरे ।

प्रतियोगिता अन्तरगत मंसिर २७ गते मंगलबारको खेल खेवाङ स्र्पोटिङ क्लब, ताप्लेजुङ र न्यु स्टार, झापा बीच हुनेछ भने दोस्रो खेलमा देउराली स्र्पोटिङ क्लब, इलाम र सुनाकोठी सिटी एफसी, काठमाडौं प्रतिस्पर्धा गर्नेछन् ।

तेल्लोक स्र्पोटिङ क्लब र तेअङसी सिरिजङ्गा स्मृति संस्था, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ८१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि मंसिर २९ गतेका दिन हुनेछ ।

Post Comments