News दोस्रो नागिनी कप शुरु
गोलनेपाल

नुवाकोट । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ दोस्रो नागिनी कप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

म्यागङ–५, नुवाकोट स्थित स्थानीय खेलमैदानमा शुरु प्रतियोगिताको पहिलो दिन चार खेलहरु सम्पन्न भएका छन् । पहिलो खेलमा फलाटे युवा क्लबले जन आवाज युवा क्लबलाई १–० ले हरायो । विजयी टोलीका लागि रत्न तामाङले गोल गरे ।

त्यस्तै दोस्रो खेलमा हिम शिखा युवा क्लबले जुनतारा युवा क्लबलाई पेनाल्टी शुटआउटमा ४–३ ले हरायो । त्यसैगरी तेस्रो खेलमा चौतारा युवा क्लबले आयोजक नागिनी थान युवा क्लब (बी) लाई पेनाल्टी शुटआउटमै ५–४ ले निराश तुल्यायो ।

पहिलो दिनको चौथो तथा अन्तिम खेलमा भने आयोजक नागिनी थान युवा क्लब (ए) ले पुरानो पानी युवा क्लबलाई २–१ ले हराउँदै प्रतियोगितामा विजयी शुरुवात गर्यो ।

नागिनी थान युवा क्लब, म्यागङ–५, नुवाकोटको आयोजनामा जारी प्रतियोगितामा कुल १६ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि माघ १८ गतेका दिन हुनेछ ।

 

 

Post Comments