News न्यु स्टार र सुनाकोटी उपाधिका लागि भिड्ने
गोलनेपाल

सिरिजङ्गा । न्यु स्टार क्लब, झापा र सुनाकोटी सिटी एफसी, काठमाडौं यहाँ जारी सिरिजङ्गा गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा न्यु स्टारले डिएफसी, अर्जुनधारा, झापालाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनल स्थान सुरक्षित गर्यो । न्यु स्टारका लागि सोनम राईले एक मात्र निर्णायक गोल गरे । राई नै खेलको म्यान अफ द म्याच पनि चुनिए ।

त्यस्तै बुधबार नै भएको दोस्रो सेमिफाइनलमा सुनाकोटीले कर्णसिंह सोनाम एफसी, ताप्लेजुङलाई समान १–० अन्तरले हरायो । सुनाकोटीको जितमा म्यान अफ द म्याच समेत घोषित रोमन तामाङले एक मात्र निर्णायक गोल गरे ।

उपाधिका लागि बिहीबार नै न्यु स्टार र सुनाकोटी उपाधिका लागि भिड्ने छन् । तेल्लोक स्र्पोटिङक क्लब तथा तेअङ्सी सिरिजङ्गा स्मृति संस्था, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ८१ हजार प्राप्त गर्नेछ ।

Post Comments