News रेडहर्षलाई एनी बिर्तामोड च्यालेञ्ज कपको उपाधि
रमेश समदर्शी

बिर्तामोड । एनी बिर्तामोड युनाइटेड इण्डो नेपाल च्यालेञ्ज कप फुटबल प्रतियोगिताको उपाधि इलामको रेड हर्स फुटबल क्लबले जितेको छ ।
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज सम्पन्न फाइल स्पर्धामा सुनसरीको धरान सिटी फुटबल क्लबलाई ४–्र१ गोल अन्तरले हराउँदै रेड हर्सले उपाधि रक्षा गरेको हो । 

उपाधिसँगै इलामले नगद २ लाख २२ हजार २२२ र ट्रफी प्राप्त गर्यो । उपविजेता धरानले नगद १ लाख ११ हजार १११ र ट्रफीमा चित्त बुझायो । 

खेलको अधिकांश समय इलामले धरानलाई दबाबमा राखेको थियो । खेलको पहिलो मिनेटमै इलामले अग्रता लिएको थियो । इलामका विशाल तामाङले गोल गर्दै इलामलाई अग्रता दिलाएका थिए । 

त्यस्तै, इलामका लागि २१औँ र ६१औँ मिनेटमा शौरभ सुब्बाले व्यक्तिगत दुई गोल गर्दा ३१औँ मिनेटमा सिमान्त थापाथप गोल गरेका थिए । धरानका लागि खेलको ८३औँ मिनेटमा मिलन राईले सन्त्वाना गोल फर्काएका थिए । फाइनल खेलको म्यान अफ दी म्याच इलामका उत्सव राई घोषित भए । उनले नगद २ हजार ५ सय प्राप्त गरे । 

प्रतियोगिताका बेस्ट फरवार्ड इलामका शौरभ सुब्बा, बेस्ट मिड फिल्डर इलामका विशाल तामाङ, बेस्ट डिफेन्स इलामका सिमान्त थापा र बेस्ट किप्पर इलामका देव लिम्बू घोषित भए । उनीहरुले नगद पाँच हजार पाए । 

प्रतियोगिताभरिका उत्कृष्ट खेलाडी इलामका हरि सिटौला भए । उनले नगद १५ हजार पाए । उदीयमान खेलाडी बिर्तामोड युनाइटेडका किरण गुरुङ भए । उनले पनि नगद १५ हजार पाए । प्रतियागिताको आयोजना बिर्तामोड युनाइटेड फुटबल क्लबले गरेको हो । 

विजेता तथा उपविजेता टिमलाई झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ, शिक्षासेवी जयनारायण ढुंगाना, प्रायोजक तथा सहयोगी फुटबलप्रेमीहरुले नगद तथा ट्रफी प्रदान गरेका थिए ।

Post Comments