काठमाडौं । डिफेन्डिङ च्याम्पियन ग्लोबल पब्लिक स्कुलले नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ ।
पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भएको खेलमा ग्लोबलले माउन्ट सेबलाई १–० गोलले पराजित गर्यो । ग्लोबलका ऋतिक न्यौपानेले निर्णायक गोल गरे ।
प्रतियोगिताको एन प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा र आयोजक संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) का अध्यक्ष आरबी कट्वालले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी संयुक्त उद्घाटन गरे । उद्घाटनका अवसरमा सहभागी टिमले गरेको मार्च पास्टमा शीर्ष तीन स्थान हासिल गर्नेलाई ट्रफी प्रदान गरी पुरस्कृत गरिएको थियो । ग्लोबल पहिलो, वेस्ट ग्रुप भिजन दोश्रो र अन्नपूर्ण तेश्रो भए ।
प्रतियोगितामा २१ टिम सहभागी छन् । नक आउट प्रतियोगिताको फाइनल माघ २५ गते हुने छ । दोश्रो दिन मंगलबार ३ खेल हुने प्रतियोगिता संयोजक एवं फिजमका सचिव देवीप्रसाद डोटेलले जानकारी गराए ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न