News साफ यु–१८ महिला सेमिफाइनल : नेपाललाई चिरप्रतिद्वन्द्वी भारतको चुनौति
गोलनेपाल

भुटानमा जारी साफ यु–१८ महिला च्याम्पियनसिपको सेमिफाइनल भिडन्तमा आज नेपालको सामना चिरप्रतिद्वन्द्वी भारतसँग हुँदैछ ।

थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा हुने पहिलो सेमिफाइनलमा नेपाल र भारतबीच कडा टक्कर हुने देखिएको छ । यद्यपि खेलमा भारतलाई नै बलियो प्रत्याशी मानिएको छ ।

समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको भारत अपराजित छ । भारतले समूह चरणतर्फ आयोजक भुटानलाई ४–० ले हराएको थियो भने माल्दिभ्सलाई ८–० ले पराजित गरेको थियो ।

त्यस्तै समूह बी को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई १२–० ले हराएको थियो भने बंगलादेशसँग २–१ ले पराजित भएको थियो ।

साफ च्याम्पियनसिपतर्फ प्रायः जसो भारत नै नेपालको यात्रामा बाधक भईदिने गर्छ । नेपालले भारतलाई हराएको इतिहास विरलै छ । त्यसैले पनि आज नेपालले त्यो इतिहासलाई मेटाउँदै जितका साथ नयाँ इतिहास रच्न चाहन्छ ।

आज नै हुने दोस्रो सेमिफाइनलमा आयोजक भुटानले चाङलिमिथाङ स्टेडियम मै बंगलादेशको सामना गर्दैछ । बंगलादेश समूह बी को विजेता हो भने भुटान उपविजेता हो ।

Post Comments