News
पाँचौं बागमती गोल्डकप पुष तेस्रो सातादेखि

हेटौडा । मकवानपुरको बागमती गाउँपालिकाको आयोजनामा पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिता यही पुस २२ गतेदेखि सुरु हुने भएको छ । शुक्रबार बागमती गाउँपालिका खेलकुद विकास समितिको बैठकले पाँचौं संस्करणको प्रतियोगिताको मिति तय गरेको हो ।
प्रतियोगिता आयोजनाका लागि बागमती गाउँपालिकाले ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ६५ लाखदेखि ७० लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगितामा प्रायोजक र विज्ञापनमार्फत नपुग रकम संकलन गरिने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको उपाधि विजेताले नगद ८ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको मिति घोषणा गरिएसँगै खेलमैदान निर्माणको कार्य सुरु भएको अध्यक्ष श्रेष्ठले बताए । बागमती–८, फापरबारीस्थित जनता माविको खेलमैदानमा हुने प्रतियोगितामा आयोजकसहित ए डिभिजन क्लबको सहभागिता रहनेछ ।
चौथो संस्करणको उपाधि ‘ए’ डिभिजन क्लब थ्री स्टारले जितेको थियो । शुक्रबार गाउँ खेलकुद विकास समितिको बैठकमा समितिका संरक्षक एवम् गाउँपालिकाका अध्यक्ष सर्केश घलान र उपाध्यक्ष फणिन्द्र तिमल्सिनाको पनि उपस्थिति रहेको थियो ।
Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा