News रोहितको टोलीलाई सिजनको पहिलो सफलता
गोलनेपाल

काठमाडौं । नेपालका चर्चित मिडफिल्डर रोहित चन्दको टोली पेर्सिक केडिरी एफसीले इण्डोनेसियन लिगा वानमा सिजनको पहिलो जित हात पारेको छ । १४ खेलसम्म जितविहीन रहेर रेलिगेशन क्षेत्रमा संघर्षरत पेर्सिकले आफ्नो १५औं खेलमा देवा युनाइटेडलाई १–० ले हरायो र सिजनको पहिलो जित दर्ता गर्न सफल भयो ।

पेर्सिकको जितमा युवा फरवार्ड जिम केली स्रोएरले २५औं मिनटमा गरेको एक मात्र गोल टोलीलाई महत्वपूर्ण तीन अंक दिलाउन प्रर्याप्त बन्यो । यो जितपछि १५ खेलबाट ९ अंक जोडेको पेर्सिक एक स्थान सुधार गर्दै १७औं स्थानमा छ । यद्यपि पेर्सिक रेलिगेशन क्षेत्र मै संघर्षरत छ । उता पराजित देवा युनाइटेड भने १४ अंकका साथ १३औं स्थानमा छ ।

खेलमा रोहितले पहिलो रोजाई मै रहेर खेले । पेर्सिकले आफ्नो आगामी खेल बुधबार पेर्सिकाबोसँग खेल्ने कार्यक्रम छ ।

 

Post Comments