News नेपाल पुलिस स्कुल, नेपाल पुलिस स्कुल धरान, ल्यावरोटरी र लिटिल एन्जल्स सेमिफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । नेपाल पुलिस स्कुल साँगाको आयोजनामा मंसिर २१ गते देखि सुरु भएको २८ औ अन्तर विद्यालय आईजीपी फुटबल रनिङ ट्रफिमा नेपाल पुलिस स्कुल टिम बि, नेपाल पुलिस स्कुल धरान, ल्यावरोटरी स्कुल र लिटिल एन्जल्स स्कुलले सेमिफाइनलमा प्रबेश गरेको छ । शुक्रबार र शनिबार सम्पन्न क्वाटरफाइनल म्याच जित्दै सेमिफाइनल प्रवेश गर्न सफल भएका हुन् । 

शुक्रबार सम्पन्न पहिलो क्वाटर फाइनलमा लिटिल एन्जल्स स्कुलले आयोजक नेपाल पुलिस स्कुल टिम ए लाई ३–१ ले पराजित गरेको थियो । अर्को खेलमा नेपाल पुलिस स्कुल धरानले बेलर स्कुल बनेपालाई ८–० को पराकिलो अन्तरले पराजित गरेको थियो ।

शनिबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा नेपाल पुलिस स्कुल टिम बि ले काठमाडौं विश्वविद्याल हाई स्कुल चौकोटलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफनो स्थान सुरक्षित गरेको हो । त्यसैगरि ल्याबरोटरी स्कुलले सैनिक आवासिय महाविद्यालयलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफनो स्थान सुरक्षित गरेको हो । 

अब सोमबार हुने सेमिफाइनलमा नेपाल पुलिस स्कुल टिम बी ले लिटिल एन्जल्स स्कुलको र नेपाल पुलिस स्कुल धरानले ल्यावरोटरी स्कुलको सामना गर्नेछन् । प्रतियोगितामा आयोजक सहित अन्य १४ स्कुलको १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।
 
(तस्विरः नेपाल पुलिस स्कुल साँगा)
 
Post Comments