News प्रथम सल्यानटार गोल्डकप पौष २६ देखि
गोलनेपाल

सल्यानटार । त्रिपुरासुन्दरी युवा समाज, सल्यानटार, धादिङको आयोजनामा आउँदो पौष २६ देखि माघ १ गतेसम्म धादिङ जिल्ला कै सर्वाधिक पुरस्कार राशीको प्रथम सल्यानटार गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटार स्थित धादिङचौरमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिसकेको आयोजकले जानकारी दियो ।

साथै इच्छुक क्लबहरुका लागि पौष २५ गतेसम्म टिमदर्ता गर्न अन्तिम मिति तोकिएको छ । टिमदर्ता शुल्क भने ९,९९९ रुपैयाँ रहेको पनि आयोजकले जानकारी दियो ।

त्रिपुरासुन्दरी गाउँपालिका, सल्यानटार, धादिङको सह–आयोजना रहने प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ५५ हजार ५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments