News नेपाल पुलिस स्कुल, धरानलाई आइजीपी रनिङ शिल्डको उपाधि
गोलनेपाल

धुलिखेल । यहाँ सम्पन्न २८औं आइजीपी अन्तरविद्यालय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस स्कुल, धरानले जितेको छ । शुक्रबार सम्पन्न फाइनल भिडन्तमा नेपाल पुलिस स्कुल, धरानले लिटिल एन्जल्स स्कुल, ललितपुरलाई टाईब्रेकरमा ५–४ ले हराउँदै च्याम्पियन बनेको हो ।

विजेता बनेको नेपाल पुलिस स्कुल, धरानले उपाधिसहित नगद ५० हजार हात पारेको छ भने उपविजेता लिटिल एन्जल्सले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै तेस्रो स्थान हासिल गरेको ल्याबरोटरी स्कुलले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, आयोजक नेपाल पुलिस स्कुल, साँगाका निमित्त प्राचार्य सुरेन्द्र वाग्ले लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

गत मंसिर २१ गतेदेखि शुरु प्रतियोगितामा विभिन्न जिल्लाका कुल १६ विद्यालयहरुले सहभागिता जनाएको पनि आयोजकले समापन कार्यक्रममा जानकारी दियो ।

 

 

Post Comments