News अन्जनलाई नगदसहित सम्मान
गोलनेपाल

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका स्टार फरवार्ड अन्जन बिष्ट छत्र बहादुर थापा स्मृति कोषबाट सम्मानित भएका छन् । तत्कालीन शाही नेपाली सेनाका महासेनानी स्व. छत्र बहादुर थापाको स्मृति वार्षिक रुपमा प्रदान गरिंदै आएको यो सम्मान यस वर्ष अन्जनले पाएका हुन् ।

अन्जनलाई एक कार्यक्रमका बीच प्रमुख अतिथी नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले नगद ५० हजार, सम्मानपत्रका साथ खादा ओढाएर सम्मानित गरेका हुन् । स्मरण रहोस, यसअघि यो सम्मानबाट राष्ट्रिय फुटबल टोली कै अर्का सदस्य नवयुग श्रेष्ठ पनि सम्मानित भईसकेका छन् ।

सोही अवसरमा नेपाल आर्मी क्लबमा आवद्ध रहेका भारोत्तोलनका राष्ट्रिय खेलाडी कमल अधिकारीले पनि नगद, सम्मानपत्र र खादासहित सम्मानित गरिएको थियो ।

 

Post Comments