News नवौं शहिद लखन हिमालय देवी कप पौष २६ देखि
सुरज राना मगर

घैरुङ । हिमालय देवी युवा क्लब, घैरुङ, पिपलछाप, गोरखाको आयोजनामा वार्षिक रुपमा हुँदै आएको माघे मेला तथा नवौं शहिद लखन हिमालय देवी कप खुला नकआउट फुटबल प्रतियोगिता यहि पौष २६ देखि माघ १ गतेसम्म हुने भएको छ ।

घैरुङ, पिपलछाप, स्थित शहिद लखन हिमालय देवी खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भईसकेको आयोजक क्लबका अध्यष निर्मल गुरुङले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २१ हजार हात पार्नेछ भने उपविजेताले ६० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक क्लब कै सचिव राम गुरुङले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए ।

स्मरण रहोस, गत संस्करणको शहिद लखन हिमालय देवी कपको उपाधि हरमटारी फुटबल क्लबले जितेको थियो ।

त्यसबाहेक समापन कार्यक्रमका दिन आकर्षणका रुपमा रहेको गोरु जुधाई प्रतियोगिता, खुला दौड प्रतियोगिता, हस्तकला प्रतियोगिताका साथ विभिन्न साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने आयोजकले जानकारी दियो ।

त्यसैगरी प्रतियोगिता आयोजनाबाट बचत भएको केही रकमले गाउँघरमा रहेका विपन्न परिवारलाई न्यानो लुगा सहयोग गर्ने योजना रहेको पनि आयोजक क्लबका अध्यक्ष निर्मल गुरुङले बताए ।

 

Post Comments