
सिलगढी । ३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा डोटी जिल्ला सिलगढी स्थित श्री भैरब प्रसाद गण र जिल्ला स्तरिय वाल संजाल डोटीको संयुक्त आयोजना तथा दिपायल सिलगढी नगरपालिका वडा नं. ६ को कार्यालयको प्रयोजनमा, टुडिखेल खेलमैदानमा शनिबारदेखि "खप्तड-शैलेश्वरी अन्तर स्कुल फुटबल प्रतियोगिता २०७९” शुरु भएको छ ।
प्रतियोगितामा १० वटा टीमको सहभागीता रहेको छ । प्रतियोगिताको उद्धघाटन एक कार्यक्रमका बीच श्री भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी श्री जनमत बहादुर कार्कीले गरे । उक्त उद्धघाटन समारोहमा डोटी उद्योग बाणिज्य संघका अध्यक्ष श्री मोहन बहादुर कलेल, पुर्व अध्यक्ष नरेन्द्र खड्का, दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष श्री नरेश मलासी, दिपायल सिलगढी नगरपालिका शिक्षा शाखाका प्रतिनिधि, प्रतियोगितामा सहभागी सम्पुर्ण बिद्यालयका प्रधानाध्यापक, शिक्षक, बिद्यार्थी, स्थानिय पत्रकार, अन्य सर्वसाधारण ब्यक्ति गरी करिब ५०० जनाको सहभागिता रहेको थियो ।