News एपिएफसँग पुलिस पराजित
गोलनेपाल

काठमाडौं । एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच भएको मैत्रीपूर्ण विभागीय भिडन्तमा एपिएफ विजयी भएको छ । एपिएफको घरेलु मैदान हल्चोक स्टेडियममा सम्पन्न खेलमा एपिएफले पुलिसलाई २–१ ले हरायो ।

एपिएफको जितमा स्टार फरवार्ड नबिन लामा नायक बने । एपिएफले गरेको दुवै गोल नबिन कै नाममा रह्यो । उता पराजित पुलिसका लागि एक मात्र गोल रवि पासवानले गरे ।

स्मरण रहोस, एपिएफ र पुलिस यहि पौष १४ गतेदेखि पोखरामा शुरु हुन गईरहेको प्रतिष्ठित २२औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता खेल्ने तयारीमा छन् ।

बाइ पाएर सोझै क्वाटरफाइनलमा प्रवेश पाएको एपिएफले पौष १६ गतेका दिन खेल्ने कार्यक्रम छ । उद्घाटन खेलमा धरान एफसी र आयोजक सहारा क्लबबीचको विजेताले एपिएफको सामना गर्नेछ । त्यस्तै पुलिसले भने पौष १५ गतेका दिन चर्च ब्वाईज युनाइटेडसँग खेल्नेछ ।

एपिएफ क्लब आहा! रारा पोखरा गोल्डकपको डिफेन्डिङ च्याम्पियन समेत हो ।

Post Comments