दमक । सहलेश युवा क्लब, सिराहा यहाँ जारी प्रथम जय हुमागाई मेमोरियल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो प्रतिस्पर्धात्मक सेमिफायनल खेलमा सहलेशले एभनिर एफसी, क्यामरुनलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।
बेलडागी फुटबल मैदानमा सम्पन्न खेलको दोस्रो हाफतर्फ सातौं मिनटमा अजयी मार्टिनले गरेको एक मात्र गोल सहलेशलाई फाइनल पुर्याउन निर्णायक बन्यो । खेलमा प्रतियोगिता कै सर्वाधिक पहेंलो कार्ड प्रयोग भएको थियो । रेफ्रीले सहलेश र एभनिरका चार–चार खेलाडीहरुलाई पहेंलो कार्ड देखाएका थिए ।
खेलमा सहलेशका गोलरक्षक पुजन होना म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल प्राप्त गरे । प्रतियोगिता अन्तरगत पौष ११ गते सोमबारको दोस्रो सेमिफाइनल खेल बि.वाई.एस.सी., अमेरिका र शान्तिनगर फुटबल क्लब, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।
स्व.जय हुमागाई फेमिली एण्ड ट्रष्टको आयोजना तथा बिवाइसी, झापाको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि पौष १३ गतेका दिन हुनेछ ।

- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा