News त्रीवेणी बन्यो गण्डकी प्रदेश च्याम्पियन
गोलनेपाल

पोखरा । त्रीवेणी युथ क्लब, लमजुङले मंगलबार सम्पन्न गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

लेखनाथ स्थित भण्डारढिकमा सम्पन्न फाइनल भिडन्तमा त्रिवेणीले घरेलु टोली आदर्श युवा क्लब, कास्कीलाई २–० ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

खेलमा त्रिवेणीका लागि १४औं मिनटमा आश्विन गुरुङले पहिलो गोल गरेका थिए भने दोस्रो हाफको ४९औं मिनटमा नवराज गुरुङले दोस्रो गोल गरेका थिए ।

विजेता बनेको त्रिवेणीले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता आदर्शले ३ लाखमा चित्त बुझायो । विजयी खेलाडीहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले पुरस्कृत गरेका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा गण्डकी प्रदेश सरकरको विशेष सहयोगमा यहि माघ ७ गतेदेखि शुरु प्रतियोगितामा गण्डकी प्रदेशका ९ जिल्लाका टोलीहरुको सहभागिता रहेको थियो ।

 

Post Comments