News प्रथम मच्छिन्द्र कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

केराबारी । यहि पौष १३ गते बुधबारदेखि शुरु हुन गईरहेको प्रथम मच्छिन्द्र कप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । केराबारी–८, मोरङ स्थित प्रस्तावित केराबारी रंगशालामा हुने प्रतियोगिताको खेलतालिका समेत आयोजकले सार्वजनिक गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा बिराटनगर सिटी एफसी र हिम शिखर एकेडेमी भिड्ने आयोजक क्लबका सन्देश भुजेलले जानकारी दिए । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने पौष १९ गतेका दिन हुने पनि भुजेलले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लब कै अर्का सदस्य प्रवेश बस्नेतले जानकारी दिए । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको बस्नेतले बताए ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनगरमा गोलनेपाल डटकम रहेको छ ।

Post Comments