News चौथो फिदिम नगर कप मंगलबारदेखि (खेलतालिकासहित)
गोलनेपाल

रानीटार । स्वतन्त्र क्लब र रानीटार युनाइटेड क्लब, रानीटार पाँचथरको आयोजनामा यहि पौष १२ गते मंगलबारदेखि चौथो फिदिम नगर कप खुला नकआउट शुरु हुँदैछ । प्रतियोगिताको आवश्यक तयारी पनि पूरा भएको आयोजकले जानकारी दियो ।

फिदिम–७, रानीटार स्थित बराजु रंगशालामा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेल घरेलु टोली स्वतन्त्र रानीटार युनाइटेड र न्यू रिभिलेसन एफसी, इलामबीच हुनेछ । पौष १७ गतेसम्म चल्ने प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका छन् ।

फिदिम नगरपालिका, फिदिम नगरपालिका वार्ड नम्बर ७ र तमू ह्युल छोंज धी, पाँचथर प्रवद्र्धक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ७० हजार हात पार्नेछ भने उपविजेताले ९० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments