News काथेरेन्यो मेड्रिडबाट नेपालका लागि प्रस्थान
गोलनेपाल

काठमाडौं । नेपालको फुटबल र पर्यटन प्रवद्र्धनका लागि फुटबलको माध्यमबाट शान्तिको सन्देश दिने उद्देश्यका साथ नेपाल आउन लागेको चर्चित स्पेनिस कलब सिपी काथेरेन्यो मेड्रिडबाट नेपालतर्फ प्रस्थान गरेको छ । टोलीलाई स्पेनका लागि नेपाली राजदुत डा.शर्मिला पराजुली ढकालले एयरपोर्ट मै पुगी विदाई गरेकी थिईन् ।

लुम्बिनी गार्डेन फाउण्डेशनको आयोजना र व्यवस्थापनमा नेपाल आउन लागेको काथेरेन्योले दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम पनि छ । जसअन्तरगत पौष १३ गतेका दिन टोलीले पोखरा रंगशालामा गण्डकी–११ सँग खेल्नेछ भने पौष १४ गतेका दिन दशरथ रंगशालामा काठमाडौं–११ सँग खेल्नेछ ।

मैत्रीपुर्ण खेलका लागि गण्डकी–११ को कप्तानी अनिल गुरुङले गर्नेछन् भने प्रशिक्षकमा राजेन्द्र तामाङ रहनेछन् । त्यस्तै काठमाडौं–११ को कप्तानी बिराज महर्जनले गर्नेछन् भने प्रशिक्षकमा मेघराज केसी रहनेछन् । स्पेनिस टोलीमा रुबेन डे ला रेड, जुलियो सालिनास, मिचेल कारिलेरो जस्ता पूर्व चर्चित स्पेनीस खेलाडीहरुको पनि सहभागिता रहनेछ ।

Post Comments