News पद्म पब्लिक मुक्तिलाई उपाधि
गोलनेपाल

जितगढी । डोटी जिल्ला सिलगढी स्थित श्री भैरब प्रसाद गणको आयोजनामा पौष ९ गते देखि १२ गते सम्म संचालन भएको खप्तड- शैलेश्वरि अन्तर बिधालय फुटबल प्रतियोगिता को उपाधि पद्म पब्लिक मुक्ति नारायण मा बि ले हात पारेको छ।

फाइनल खेलमा पब्लिक मुक्ति नारायण मा बि र सुजंग बोर्डिङ स्कुल बिच भएको खेलमा पब्लिक मुक्ति नारायण माबिले सुजङ बोर्डिङ स्कुललाई ० का विरुद्ध १ गोल गर्दै उपाधि हात पारेको हो।

फाइनल खेलमा पद्म पब्लिक मुक्ति नारायण माबिका सन्नि बोहराले सेकेन्ड हापको ५७ औं मिनेटमा १ गोल गर्दै अग्रता दिलाए पछि सोही गोल निर्णायक बनेको थियो ।

त्यस्तै प्रतियोगितामा बेस्ट प्लेयर सुजुङ्ग ईंग्लिस बोर्डिङ्ग स्कुलका दिपेन्द्र भुल र फेयर प्ले अवार्ड मोर्निङ्ग लाईट ईंग्लिस बोर्डिङ्ग स्कुलले प्राप्त गरेको थियो ।

प्रतियोगितामा प्रथम हुने पदम पब्लिक माबिले रु १५ हजार नगद,प्रमाणपत्र र सिल्ड पुरस्कार प्राप्त गरेको छ भने द्वितीय हुने सुजंग बोर्डिङ स्कुलले रु १० हजार नगद,प्रमाणपत्र र ट्रफिको प्राप्त गरेको छ । प्रतियोगितामा जिल्लाका ९ वटा स्थानीय तहका १० बिधालयहरुको सहभागिता रहेको थियो।

 
Post Comments