
हेटौडा । मोफसलको प्रतिष्ठित मध्ये एक आठौं हेटौडा राष्ट्रिय भेट्रान्स कप एट ए साईड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । हेटौडा भेट्रान्सको आयोजनामा हुन गईरहेको प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।
हेटौडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक हेटौडा भेट्रान्स क्लब र गोरखा भेट्रान्स, सर्लाहीबीच हुनेछ । पौष २३ गतेसम्म चल्ने प्रतियोगितामा कुल १७ टोलीहरुले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
गोलनेपाल डटकम प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको छ । साथै प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल गोलनेपालले प्रत्यक्ष प्रसारण गर्नेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा