
हेटौडा । मकवानपुरमा आफूलाई फुटबलको माध्यमबाट चिनाउन सफल पिप्ले युवा क्लबलाई मकवानपुर जिल्ला फुटबल संघर्ले ५ लाख रुपैयाँ नगद हस्तान्तरण गरेको छ ।
चौथो संस्करणको स्थानीय तह सहिद स्मृति राष्ट्रिय हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता पिप्लेक्याम्पा रंगशालामा गरेबापत् उक्त रकम प्रदान गरिएको हो ।
सो रकम एक कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ तथा प्रतियोगिता संयोजक प्रताप विष्टले पिप्ले युवा क्लबका क्लबका अध्यक्ष सुशील घिमिरेलाई हस्तान्तरण गरेका हुन् ।
स्मरण रहोस, गत जेठ १९ देखि ३० सम्म हेटौंडामा सम्पन्न प्रतियोगिताको चौथो संस्करणबाट करिब १ करोड ३१ लाख ५६ हजार आम्दानी भएकोमा १ करोड ९ लाख ६७ हजार रुपैयाँ खर्च भएको थियो ।
साथै मकवानपुर जिल्ला फुटबल संघले प्रतियोगिताको पाँचौं संस्करण आगामी फागुन महिनामा गर्ने योजनामा रहेको पनि संघका अधयक्ष टिकाराम लामाले जानकारी दिए ।