News
बी डिभिजन लिग चैतमा, तयारी खर्चमा पनि बृद्धि
काठमाडौं । यस वर्षको शहिद स्मारक बी डिभिजन लिग आउँदो चैत १५ गतेदेखि शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा बसेको एन्फा र बी डिभिजन क्लबहरुबीचको बैठकले लिगको सो मिति घोषणा गरेको हो ।
त्यस्तै एन्फाले सम्बन्धित क्लबहरुलाई माघ २९ गतेसम्म टिमदर्ता गर्न आह्वान समेत गरेको छ । साथै क्लबहरुले चैत ७ गतेसम्म कम्तीमा २० खेलाडीहरु पनि दर्ता गर्नुपर्ने एन्फाले जनाएको छ ।
त्यसैगरी एन्फाले यसपटक क्लबहरुलाई दिने तयारी खर्चमा पनि बृद्धि गरिएको छ । यस वर्ष क्लबहरुले तयारी खर्च वापत १४ लाख ५० हजार पाउने छन् । स्मरण रहोस, यसअघि क्लबहरुले अघिल्लो सिजन क्लबहरले तयारी खर्च वापत १२ लाख ५० हजार पाएका थिए ।
Post Comments
Related News
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै