News कलाबारी र म्यागङ सेमिफाइनलमा
गोलनेपाल

नुवाकोट । यहाँ जारी दोस्रो नागिनी कप जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितातर्फ कलाबारी एफसी म्यागङ युवा क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नुवाकोटको म्यागङ–५ स्थित स्थानीय खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनलमा कलाबारीले जोरचौतारा एफसीलाई पेनाल्टी शुटआउटमा ५–४ ले हरायो । त्यस्तै बिहीबार नै भएको चौथो क्वाटरफाइनलमा म्यागङले लर्केप युवा क्लबलाई पेनाल्टी शुटआउट मै समान ५–४ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।

नागिनी थान युवा क्लब, म्यागङ५, पोखरी, नुवाकोटको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि माघ १८ गते हुँदैछ ।

Post Comments