
हेटौडा । प्रथम रेडियो मकवानपुर कप मिडियास्तरीय फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं स्थापना दिवस तथा सहकारीद्वारा सञ्चालित रेडियो मकवानपुरको दशौँ बार्षिकोत्सवको अवसरमा शुक्रबार र शनिबार हेटौंडामा हुने प्रतियोगिताको उद्घाटन खेल रेडियो सन्देश र रेडियो बुलेटिनको बीचमा हुने भएको छ ।
८ वटा सञ्चार गृहको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १५ हजार र उपविजेताले ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
मिडियाको बीचमा भ्रातृत्वको सम्बन्ध विकास र खेल क्षेत्रको विकासका लागि रेडियो मकवानपुर कप फुटसलको आयोजना गरिएको रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले बताए ।
फुटसललाई रिलायबलको सहयोग
त्यस्तै सोही अवसरमा प्रतियोगितालाई रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी प्रा.लिले सहयोग गरेको छ । प्रतियोगिताको लागि नगद १० हजार रुपैयाँसहित हरेक खेलको म्यान अफ दी म्याचको लागि पुरस्कारको व्यवस्था गरेको हो ।
बिहीबार एक कार्यक्रमकाबीच रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीका शाखा प्रबन्धक उज्वल बर्तौलाले रेडियो मकवानपुरका स्टेशन म्यानेजरलाई म्यान अफ दी म्याचको लागि प्रदान गरिने डायरी र कप हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य बीमासंगै खेल क्षेत्र र मिडियासंग सहकार्य अघि बढाइएको शाखा प्रबन्धक बर्तौलाले बताए । आगामी दिनमा पनि मिडिया र खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग एवम् सहकार्यका लागि तयार रहेको उनले बताए ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा